एनआरएन लघुवित्तले विशेष साधारणसभाको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा असोज १० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।
कम्पनीले यस अघि स्थगित भएको भएको विशेष साधारणसभा असोज १८ गते धनगढीको होटेल दिनेशमा आह्वान गरेको हो । सभामा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाको नाम परिवर्तन गरि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कर्पोरेट कार्यालय काठमाडौँमा कायम गर्ने, सर्वसाधारणलाई एफपिओ जारी गर्ने, संस्थापक र सर्वसाधारणतर्फको संचालकको निर्वाचन गर्ने, किसान माइक्रोफाइनान्स र दिब्य लघुवित्तसँग भएको मर्जर अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न तथा अन्य कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।
कम्पनीले यस अघि भदौ २० गते विशेष साधारणसभा आह्वान गरेकोमा कोरोना महामारीको कारण लागु गरिएको निषेधाज्ञाको कारण देखाउदै अर्को सूचना जारी नभएसम्मको लागि सभा स्थगित गरेको थियो ।