नेप्सेमा ३९ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 05:01:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ३९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज एक हाइड्रोपावर र एक इन्स्योरेन्स कम्पनीको गरी कुल ३९ लाख ७७ हजार ४ सय ३७ दशमलव ५ कित्ता शेयर सुचिकृत भएको हो ।

आज छ्याङदी हाइड्रोको ५ प्रतिशतले हुन आउने १ लाख ३५ हजार कित्ता बोनस शेयर र एनएलजि इन्स्योरेन्सको ६० प्रतिशतले हुन आउने ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved