कर्पोरेट डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 08:53:18 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्पोरेट डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज २९ गते बिहिबार बैंकको प्रधान कार्यालय आदर्शनगर बिरगंजमा सभा आह्वान गरेको हो। 

सभामा बैंकले आर्थिक वर्ष ७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नगद प्रवाह र अन्य वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष ७६/७७ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्ताव पेश हुने छ 

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत मर्जर तथा प्राप्ति सम्बन्धि  सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, कार्य क्षेत्र थप गर्न प्रबन्धकपत्रमा आवश्यक संशोधन गर्ने, मकवानपुर र काभ्रेलाई कार्यक्षेत्र हटाउने र नियामकको निकायको निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी संचालन समितिलाई दिने प्रस्ताव पेश हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved