३ लघुवित्तबीच मर्जर सम्झौता, मर्जर पश्चात एफपिओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 10:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

३ वटा लघुवित्तले शुक्रबार मर्जर सम्झौता गरेका छन्। काभ्रेपलान्चोकमा केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त, बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त  र म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्तबीच शुक्रबार शुक्रवार बागलुङ बजारमा मर्जर सम्झौता भएको हो ।  

सम्झौतापत्रमा आरम्भ चौतारीका अध्यक्ष जगतवहादुर पोखरेल, सिवाईसी नेपालका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्तका अध्यक्ष कृष्णवहादुर थापाले हस्ताक्षर गरेका छन् ।  माघ महिना भित्र एकिकृत कारोबार गर्ने लक्ष्य सहित मर्जर सम्झौता भएको हो । 

सिवाईसी नेपाल र शालिग्रामले सर्वसाधारणका लागि आईपिओ निष्काशन नगरेकोले मर्जर पश्चात एफपिओको निष्काशन हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved