जनरल इन्स्योरेन्सको आईपिओ बिक्रि खुला, मेरोशेयरबाट आवेदन दिँदा पिन कोड अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 08:13:49 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी General Insurance Company Nepal  ले आज असोज ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ ।  कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जस मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । यद्यपि कम्पनीको शेयर गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन । 

जनरल इन्स्योरेन्सको आईपिओ 'रिभ्यु': यहि वर्षदेखि लाभांश वितरण !

आईपिओमा लगानीकर्ताले छिटोमा असोज १४ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धकमा रहेको छ । जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व पुग्नेछ।  

आईपिओमा मेरोशेयर बाट आवेदन दिँदा  पिन कोड आवश्यक पर्ने छ । आईपिओमा मेरो शेयर मार्फत आवेदन दिँदा यस अघि वान टाइम पासवर्डको प्रयोग हुने गरेकोमा अब चार डिजिटको पिन कोड आवश्यक पर्ने भएको हो । सिडीएसले वान टाइम पासवर्डलाई प्रतिस्पथापन गरेर पिन कोडको ब्यबस्था लागु गरेको हो । 

यो पनि  :

मेरो सेयरबाट आईपिओ भर्न पिन कोड अनिवार्य, यस्तो छ सेट गर्ने तरीका (भिडियो सहित) 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved