मेगा बैंकको १८ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 08:29:52 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले आज असोज ११ देखि १८ लाख कित्ता बढी शेयर लिलामको बढाबढ मार्फत बिक्रि गर्न आवेदन खुला गरेको छ । बैंकले हकप्रदमा अवितरित १८ लाख ४० हजार ७  सय ३९ दशमलव ६३ कित्ता शेयर लिलाम गर्ने लागेको हो ।

बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ति शेयर लिलाम गर्न लागेको हो । बैंकले लिलाम गर्न लागेको शेयर मध्ये ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता संस्थापक समुहको छ भने बाँकि ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता साधारण शेयर छ । 

बैंकले यी शेयर आज असोज ११ देखि असोज १८ गतेसम्म लिलाम गर्न लागेको हो । आवेदन दिँदा न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयरको न्युनतम मूल्य प्रति कित्ता १ सय तोकिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ । शेयर लिलाम प्रक्रियाको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

आवेदन दिनको लागि निम्न स्थान तोकिएका छन् ।



यो पनि : 

के हो शेयरको लिलाम अर्थात 'अक्सन', कसरी दिने आवेदन ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved