एनआईबिएल एस क्यापिटलको साधारणसभा आह्वान, बैंकलाई ६ करोड लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 08:45:21 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटल NIBL ACE Capital  ले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले कार्तिक ५ गते आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा क्यापिटलले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन पारीत गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्ने, लेखापरीक्षक तोकी निजको पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभामा कर सहित २२.२२ प्रतिशतले हुन आउने ६ करोड लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने छ । हाल क्यापिटलको चुक्ता पुँजी २७ करोड छ  । क्यापिटलमा नेपाल इन्भेस्टमेन्ट बैंकको शतप्रतिशत लगानी रहेकोले यो लाभांश बैंकले पाउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved