ग्लोबल आईएमई क्यापिटल Global IME Capital ले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले कार्तिक ३ गते आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।
सभामा क्यापिटलले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन पारीत गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्ने, लेखापरीक्षक तोकी निजको पारिश्रमिक तय गर्ने, २ जना स्वतन्त्र संचालक नियुक्त गर्ने, यस अघि चयन गरिएका संचालक अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
त्यस्तै सभामा कर सहित ६.५ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७५ हजार लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने छ । क्यापिटलमा ग्लोबल आईएमई बैंकको शतप्रतिशत लगानी रहेकोले यो लाभांश बैंकले पाउने छ ।
त्यस्तै क्यापिटलले प्राइभेट इक्विटी भेन्चर क्यापिटल सम्बन्धि काम गर्नको लागि प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव गर्ने छ ।