नेप्सेको शेयर कारोबार प्रणालीको अडिट गर्ने प्रक्रिया सुरु, टेण्डर आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 09:29:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले इन्फर्मेशन सिस्टम अडिटको लागि टेण्डर आह्वान गरेको छ । नेप्सेले सिस्टम अडिटको लागि इच्छुक कम्पनीहरुसँग 'एक्सप्रेसन अफ इन्ट्रेस्ट, ईओआइ' माग गरेको हो

नेप्सेले १२ अक्टोबर अगाडी आवेदन बुझाउन आग्रह गरेको छ । नेप्सेले अडिट कार्यको लागि योग्य हुनको लागि न्युनतम ६५ स्कोर आएको हुनु पर्ने छ । नेप्सेले कम्पनीको विशेषज्ञतालाई ४० प्रतिशत, अनुभवलाई ५० प्रतिशत र क्षमतालाई १० प्रतिशत मापन हुने गरी स्कोर तय गरिने जनाएको छ । 

नेप्सेले यस अघि इन्फर्मेशन सिस्टम अडिट सम्बन्धि कार्य गर्ने परामर्शदाताहरुबाट सिस्टम अडिटको अनुभव सहित आवेदन दिन आग्रह गरेको थियो । अब भने नेप्सेले टेण्डरआह्वान गरेको हो 

इन्फर्मेशन सिस्टम अडिटमा सूचना प्रविधिसँग सम्बन्धित सबै सफ्टवेयर र हार्डवेयरको लेखापरीक्षण गरिन्छ । यस अन्तर्गत नेप्सेसँग हाल भएका सम्पूर्ण सफ्टवेयर र  हार्डवेयरको अडिट अर्थात लेखापरीक्षण गरिने छ । नेप्सेको हालको शेयर कारोबार प्रणालीको पनि अडिट हुने छ । 

अडिट गर्ने कम्पनीले ति सिस्टममा भएका सकारात्मक पक्ष, नकारात्मक पक्ष, सबल पक्ष, कमजोर पक्ष, सुधार गर्नु पक्ष लगायतका विषयको पहिचान गरि आवश्यक सुझाव दिने छ । 

गत महिना अर्थ मन्त्रालयमा भएको छलफलमा नेप्सेले २ साता भित्र सिस्टम अडिटको लागि टेण्डर जारी गर्ने सहमति भएको थियो । सोहि अनुसार नेप्सेले इन्फर्मेशन सिस्टम अडिट कार्य अगाडी बढाएको हो । नेप्सेले २ वर्षपछि पहिलो पटक इन्फर्मेशन सिस्टम अडिट गर्न लागेको हो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved