आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार रोक्का

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 27, 2020 | 10:17:59 AM मा प्रकाशित

nj

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । कम्पनीले अन्य २ लघुवित्तसँग मर्जर सम्झौता गरेपछि नेप्सेमा कारोबार रोक्का भएको हो ।

लघुवित्तले बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त  र म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्तसँग शुक्रबार बागलुङ बजारमा मर्जर सम्झौता भएको हो ।  सम्झौतापत्रमा आरम्भ चौतारीका अध्यक्ष जगतवहादुर पोखरेल, सिवाईसी नेपालका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्तका अध्यक्ष कृष्णवहादुर थापाले हस्ताक्षर गरेका छन् ।  माघ महिना भित्र एकिकृत कारोबार गर्ने लक्ष्य सहित मर्जर सम्झौता भएको हो । 

सिवाईसी नेपाल र शालिग्रामले सर्वसाधारणका लागि आईपिओ निष्काशन नगरेकोले मर्जर पश्चात एफपिओको निष्काशन हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved