स्टक डिलर कम्पनीको सीइओमा २ जनाको नाम सर्टलिस्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 10:53:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि २ जनाको नाम सर्ट लिस्ट भएको छ ।  सीइओ छनौट उपसमितिको बैठकले ४ जना आवेदन मध्येबाट २ जनाको नाम सर्ट लिस्ट गरेको हो ।

उपसमितिले महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपालको नाम सर्ट लिस्ट गरेको हो । उपसमितिले शैक्षिक योग्यता, उमेर र अनुभवको आधारमा नाम सर्ट लिस्ट गरेको जनाएको छ । अब उपसमितिले सर्टलिस्ट भएका उम्मेदवारहरुको ब्यबसायी रणनीति, र कार्ययोजना प्रस्तुतीकरणको लागि असोज १६ गते अन्तर्वार्ताको मिति तोकेको छ। 

कम्पनीको सीइओको लागि विशाल अग्रवाल, सन्तोष नेपाल, महेश्वर लाल श्रेष्ठ र इन्द्र कट्टेलले आवेदन दिएका थिए ।   आवेदन दिनेले ब्यबस्थापन वा अर्थशाश्त्र वा वाणिज्य शाश्त्र वा बित्तशाश्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनु पर्ने  तोकिएको थियो  । त्यस्तै बैंक वित्तीय संस्था वा सुचिकृत कम्पनीमा कम्तिमा ४ वर्ष ब्यबस्थापकिय तहमा काम गरेको हुनु पर्ने उल्लेख थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved