Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

अपि पावरले हकप्रद निष्काशनपछि मात्र लाभांश वितरण गर्ने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 28, 2020 | 08:53:46 AM मा प्रकाशित

nj

अपि पावर कम्पनी Api Power Company  ले पहिले हकप्रद निष्काशन गरेर मात्र लाभांश बितरण गर्ने जनाएको छ । हकप्रद निष्काशन अगाडी नै लाभांश वितरण गर्दा चुक्ता पुँजी बढेर हकप्रद समीकरण बिग्रने भन्दै कम्पनीले हकप्रदपछि मात्र लाभांश वितरण गर्ने जनाएको हो ।

कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने छ । तर त्यो भन्दा अगाडी कम्पनीले २०७५ असार मसान्तसम्म कायाम चुक्ता पुँजी ११३.४० करोडको १:०.४७ को अनुपातमा ५६.७० करोड बराबरको हकप्रद निष्काशन गर्ने छ । त्यस्तै कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट दोहोरो अंकको लाभांश वितरण गर्न सक्ने प्रक्षेपण गरेको छ ।

कम्पनीले दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको लागि लगानी जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो  । कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत रु सात अर्ब ४० करोड रहेको छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब १८ करोड लगानी गर्ने छन् भने रु दुई अर्ब २२ करोड भने प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ । सो रकम जुटाउन कम्पनीले विभिन्न चरणमा  हकप्रद निष्काशन गर्ने छ । 

 आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्न सम्झौता गरिसकेका छन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved