जनरल इन्स्योरेन्सको आईपिओमा रेकर्ड ब्रेक, हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 07:49:06 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी General Insurance Company Nepal  ले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा ५ लाख बढीले आवेदन दिएका छन्   । आज साँझ ७:३० बजेसम्ममा कम्पनीको आईपिओमा ५ लाख ४३ हजार ६ सय ४ आवेदकले १ करोड ५३ लाख ९३ हजार २ सय ३० कित्ताको लागि आवेदन दिएका हुन् । 

कुनै पनि आईपिओमा दोस्रो दिन मै ५ लाख बढीले आवेदन दिएको यो नै पहिलो पटक हो ।  सिडीएसका अनुसार पिक आवरमा एक सेकेण्ड मै ६ वटाको दरले आवेदन परेको छ । यो भनेको प्रति मिनेट ३६० आवेदन हो ।

कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । यद्यपि कम्पनीको शेयर गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन । 

यो पनि : 

मेरो सेयरबाट आईपिओ भर्न पिन कोड अनिवार्य, यस्तो छ सेट गर्ने तरीका (भिडियो सहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved