गुराँस लाईफको ५ लाख कित्ता बढी शेयर आजबाट लिलाममा, अनलाइनबाट रकम तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 08:34:57 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाईफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले आज असोज १३ गतेबाट ५ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ ।  कम्पनीले हकप्रदमा अवितरित ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो । 

कम्पनीले यी शेयर असोज १३ गतेदेखि १९ गतेसम्म लिलाम गर्न लागेको हो ।  लिलाम गरिन लागेको शेयर मध्ये संस्थापक समुहको ३ लाख ३७ हजार ५ सय ६५ कित्ता रहेको छ भने सर्वसाधारण समुहको २ लाख ५२ हजार ४ सय ४९ कित्ता रहेको छ ।  शेयर लिलाम गर्नको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

यस लिलाममा आवेदन दिनको लागि आवश्यक पर्ने रकम अनलाइनबाट ट्रान्सफर गर्न सकिने ब्यबस्था क्यापिटलले गरेको छ । यसरि अनलाइनबाट रकम ट्रान्सफर गर्दा आवेदन फारमको शुल्क पनि थपेर पठाउन क्यापिटलले आग्रह गरेको छ । 

कम्पनीले असार १४ देखि  १:१ को अनुपातमा चुक्ता पुंजीको शत प्रतिशतल हुन आउने ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। 

यो पनि : 

के हो शेयरको लिलाम अर्थात 'अक्सन', कसरी दिने आवेदन ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved