Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 29, 2020 | 08:59:07 AM मा प्रकाशित

nj

नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभाको लागि असोज १४ गते बुक क्लोज गर्न एनिर्ने गरेकोले आज असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् । 

कम्पनीले असोज २८ गते बुधबार काठमाडौँको नागार्जुन स्थिति होटेल रानीबनमा सभा आह्वान गरेको गरेको हो । सभामा कम्पनीले लाभांश सहितका विभिन्न प्रस्ताव पेश गर्ने छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ मुनाफाबाट  १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख बोनस शेयर र  कर प्रयोजनको लागि ०.५२६ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । प्रस्तावित लाभांशपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ४८ लाख पुग्ने छ  । त्यस्तै कम्पनीको अधिकृत पुँजी ६४ करोड पुग्ने छ। 

त्यस्तै सभामा कम्पनीको संस्थापक र साधारण शेयर स्वामित्व ७०:३० लाइ परिमार्जन गरि ५१:४९ कायम प्रस्ताव पेश हुने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved