नेपाल ल्युब ओइलको लाभांश घोषणा, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 02:04:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ल्युब ओइल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् । कम्पनीले कार्तिक ५ गते बुधबार सभा आह्वान गरेको छ । कम्पनीले जुम प्रविधि मार्फत सभा आह्वान गरेको हो । 

सभामा आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण पारित गर्ने, लेखा परीक्षक प्रतिवेदन र नगद प्रवाह विवरण पारित गर्ने, लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश गर्ने छ 

त्यस्तै सभामा कम्पनीको चुक्ता पुँजी ३ करोडबाट ५ करोड पुर्याउने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २२ देखि कार्तिक ५ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved