नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नाडेप लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले लाभांश वितरणको लागि आज असोज १४ गत बुक क्लोज गरेपछि शेयर मूल्य समायोजन गरिएको हो ।
समायोजनपछि कम्पनीको शेयरमूल्य ६७६.३६ रुपैयाँ कायम भएको छ । समायोजन अघिको मूल्य ७४४ थियो । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् । कम्पनीले असोज २८ गते बुधबार काठमाडौँको नागार्जुन स्थिति होटेल रानीबनमा सभा आह्वान गरेको गरेको छ । सभामा कम्पनीले लाभांश सहितका विभिन्न प्रस्ताव पेश गर्ने छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ मुनाफाबाट १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । प्रस्तावित लाभांशपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ४८ लाख पुग्ने छ । त्यस्तै कम्पनीको अधिकृत पुँजी ६४ करोड पुग्ने छ।
त्यस्तै सभामा कम्पनीको संस्थापक र साधारण शेयर स्वामित्व ७०:३० लाइ परिमार्जन गरि ५१:४९ कायम प्रस्ताव पेश हुने छ।