Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपिओ निष्काशन गर्ने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 01, 2020 | 08:44:54 AM मा प्रकाशित

nj

सानिमा जनरल इन्स्योरेन्स Sanima General Insurance Company ले असोज २१ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । 

जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।  बाँकि रहेको २७ लाख ३० हजारको कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

कम्पनीको आईपिओमा छिटोमा असोज २५ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेमा कार्तिक ६ गतेसम्म आवेदन दिन सकिने छ ।  आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  तर कम्पनीको आईपिओमा गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन ।   कम्पनीले आइपीओ निष्कासनको लागि  एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरेको छ । 

 हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved