मेगा बैंकको लिलामीको शेयरमा आवेदन दिने अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 09:33:09 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले लिलामीमा ल्याएको १८ लाख कित्ता बढी शेयरमा आवेदन दिने आज असोज १८ गते अन्तिम दिन रहेको छ । बैंकले असोज ११ देखि हकप्रदमा अवितरित १८ लाख ४० हजार ७  सय ३९ दशमलव ६३ कित्ता शेयर लिलाममा ल्याएको हो ।

बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ति शेयर लिलाम गरेको हो । बैंकले लिलाम गरेको शेयर मध्ये ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता संस्थापक समुहको छ भने बाँकि ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता साधारण शेयर छ । 

 आवेदन दिँदा न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयरको न्युनतम मूल्य प्रति कित्ता १ सय तोकिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ । शेयर लिलाम प्रक्रियाको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

आवेदन दिनको लागि निम्न स्थान तोकिएका छन् ।



यो पनि : 

के हो शेयरको लिलाम अर्थात 'अक्सन', कसरी दिने आवेदन ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved