नेपाल फाईनान्सले पायो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 02:08:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाईनान्स Nepal Finance  को हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज सोमबार कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो ।

यस संगै अब कम्पनीले १:१.२५ को अनुपातमा १२५ प्रतिशत बराबरको १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँले हुन आउने १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।  हकप्रद शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यो हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३० करोड पुग्ने छ । त्यसपछि कम्पनीले पुन: १७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । १७५ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८४ करोड पुग्ने छ । फाइनान्स कम्पनीहरुले न्युनतम ८० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने ब्यबस्था छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved