सामलिङ्ग पावरले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नेपाल एसबिआई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 02:17:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन प्रर्किया  अगाडी बढाएको छ । कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

बिक्रि प्रबन्धक चयन सम्झौतामा एसबिआईका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले  हस्ताक्षर गरेका छन् । कम्पनीले प्रति शेयर १०० अंकित दरको १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता  शेयर निष्काशन गर्न लागेको हो । 

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved