युनाइटेड इदी मर्दीको आईपिओमा आवेदन दिने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 09:15:53 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इदी— मर्दी एण्ड आर.वि. हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ  । कम्पनीले आईपिओमा छिटोमा असोज २१ र ढिलोमा कार्तिक ६  गतेसम्म आवेदन दिन सकिने जनाएकोमा असोज २१ सम्म पर्याप्त आवेदन नपरेपछि आवेदन दिने म्याद थप गरिएको हो । अब आईपिओमा धिलोको मिति कार्तिक ६ गतेसम्म आवेदन दिन सकिने छ  ।

कम्पनीले असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि ४ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित स्थानिय वासिन्दालाई साधारण सेयर विक्री खुला गरेको हो । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । 

 कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारण र स्थानीयलाई गरी १० लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो  । कम्पनीले स्थानियलाई ४ लाख २० हजार कित्ता आइपिओ वितरण गरेपछि सर्वसाधारणलाई ६ लाख ३० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको अवस्था कमजोर देखाऊछ ।  कम्पनीले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved