गुराँस लाईफको लिलामीको शेयरको बोलपत्र आज खोलिंदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 08:50:50 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाईफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले शेयर लिलाम गर्दा परेका आवेदनहरु आज सोमबार खोल्ने भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले सोमबार बिहान १० बजेदेखि बोलपत्र खोल्ने कार्य सुरु हुने जनाएको हो । 

क्यापिटलले कोरोना संक्रमणको जोखिम हुने भएकोले लगानीकर्तालाई उपस्थित नगराई कम्पनी र क्यापिटलका प्रतिनिधिको रोहबरमा मात्र बोलपत्र खोल्ने जनाएको हो । 

कम्पनीले असोज १३ गतेबाट १९ गतेसम्म हकप्रदमा अवितरित ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रि गरेको थियो ।  लिलाम गरिएको शेयर मध्ये संस्थापक समुहको ३ लाख ३७ हजार ५ सय ६५ कित्ता रहेको छ भने सर्वसाधारण समुहको २ लाख ५२ हजार ४ सय ४९ कित्ता रहेको थियो ।  शेयर लिलाम गर्नको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

कम्पनीले असार १४ देखि  १:१ को अनुपातमा चुक्ता पुंजीको शत प्रतिशतल हुन आउने ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved