सानिमा जनरल इन्स्योरेन्सको आईपिओ शुक्रबार बाँडफाँड हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 12:33:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्स Sanima General Insurance Company ले निष्काशन गरेको आईपिओमा शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले शुक्रबार बिहान ८:३० बजे क्यापिटल कै कार्यालयमा फेसबुक लाइभ मार्फत आईपिओ बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले असोज २१ गतेदेखि प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो ।  बाँकि रहेको २७ लाख ३० हजारको कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

कम्पनीको आईपिओमा ८ लाख ८३ हजार ६ सय २३ जना आवेदकबाट १ करोड ९० लाख १२ हजार ३ सय ४० कित्ताको आवेदन परेको छ । यो माग भन्दा  ६.९६  गुणा बढी हो । कम्पनीको आईपिओमा गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाउने छन् ।  यस हिसाबमा ६ लाख १० हजार बढी आवेदक हात खाली हुने देखिन्छ। यद्यपि यो आवेदनहरु भेरिफाई हुनु भन्दा अगाडीको तथ्यांक  भएकोले यो संख्या तलमाथि हुन सक्ने छन्  । 

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved