२ लघुवित्तले गरे मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 06:19:18 PM मा प्रकाशित

laxmi  sunrise bank

युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तबीच मर्जर तथा प्राप्ति सम्झौता भएको छ । २ संस्थाबीच आज बिहिबार सम्झौतामा हस्ताक्षर भएको हो ।

युनिक नेपालले घोडीघोडा लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । युनिक नेपालको मुख्य कार्यालय बाँकेमा रहेको छ भने घोडीघोडाको मुख्य कार्यालय कन्चनपुरमा रहेको छ ।

घोडीघोडा लघुवित्त नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत लघुवित्त हो । कम्पनीको चुक्ता पुँजी २ करोड ७६ लाख रहेको छ । युनिक नेपाल भने नेप्सेमा सुचिकृत छैन । हाल युनिक नेपालको चुक्ता पूँजी ६ करोड ३० लाख रहेको छ । कम्पनीले आईपिओ निष्काशनको तयारी गरेको भए पनि अब घोडीघोडालाई प्राप्ति गरेपछि एफपिओ आउने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved