रेटिङ व्यवसायको लागि थप २ कम्पनी भित्रिदै, कुनमा कसको लगानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 07:26:03 PM मा प्रकाशित

laxmi  sunrise bank

२ वटा क्रेडिट रेटिङ कम्पनीले नेपाल धोतोपत्र बोर्डमा लाईसेन्सको लागि आवेदन दिएका छन् । क्रेडिट रेटिङ नियमावली अनुरुप २ वटा कम्पनील लाइसेन्सको लागि प्रक्रिया अगाडी बढाएका हुन् । 

क्रेडिट रेटिङ कम्पनीले निष्काशनकर्ताको धितोपत्र, कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने लगायतका काम गर्छ । हाल नेपालमा केयर रेटिङ नेपाल र इक्रा नेपालले क्रेडिट रेटिङ गर्दै आएका छन् ।  अब थप २ कम्पनीले लाइसेन्सको लागि प्रक्रिया थालेका हुन् । 

नेपाल धितोपत्र बोर्डका अनुसार नेपाल रेटिङ एजेन्सी लिमिटेड र इन्फोरेमिक्स क्रेडिट रेटिङले लाईसेन्सको लागि बोर्डमा प्रक्रिया थालेको हो ।  नेपाल रेटिङ एजेन्सीले कम्पनी रजिष्ट्रार कार्यालयमा  पब्लिक लिमिटेड कम्पनीको रुपमा २०७५ कार्तिक मै कम्पनी दर्ता गरेको थियो । कम्पनीमा युएईको डि एण्ड बि मुख्य लगानीकर्ता रहेको छ। कम्पनीमा  डि एण्ड बिको ५१ प्रतिशत बढी शेयर छ  ।  

 क्रेडिट रेटिङ नियमावलीले विदेशमा स्थापित क्रेडिट रेटिङ्ग व्यवसाय गरिरहेका संस्था वा सहायक कम्पनी मार्फत क्रेडिट रेटिङ्ग गरिरहेका संस्थाले कम्तीमा एकाउन्न प्रतिशत र बढीमा पचहत्तर प्रतिशत स्वामित्व ग्रहण गरी प्रचलित कानुन बमोजिम नेपालमा संयुक्त लगानीमा कम्पनी स्थापना गरी क्रेडिट रेटिङ्ग व्यवसायीको काम गर्न सकिने उल्लेख गरेको छ। सोहि करण रेटिङ कम्पनीमा कम्तिमा ५१ प्रतिशत विदेशी लगानी अनिवार्य छ  ।  हाल नेपालमा रहेका दुवै रेटिङ कम्पनीमा भारतीय लगानी छ  ।  

नेपाल धितोपत्र बोर्डले नेपाल रेटिङ एजेन्सीलाई रेटिङ कम्पनी संचालन गर्नको लागि आवश्यक पूर्वाधार तयार पारी बोर्डलाई जानकारी गराउन निर्देशन दिइसकेको छ । कम्पनीले पूर्वाधार तयार पारि बोर्डलाई जानकारी गराएपछि बोर्डले निरीक्षण पश्चात लाईसेन्स दिने ब्यबस्था छ । 

त्यस्तै इन्फोमेरिक्सले भने हालै मात्र लाइसेन्स प्रर्किया सुरु गरेको हो  । गत सोमबार मात्र कम्पनी रजिष्ट्रारमा पब्लिक कम्पनीको रुपमा इन्फोमेरिक्स् क्रेडिट रेटिङग नेपाल नामको कम्पनी दर्ता भएको छ । यस कम्पनीमा भने भारतको मुख्य लगानी रहेको छ । भारतको इन्फोमेरिक्स रेटिङ यसको मुख्य लगानीकर्ता हो । क्रेडिट रेटिङ्ग व्यवसाय गर्न चाहने कम्पनीको चुक्ता पूँजी कम्तिमा दुई करोड रुपैयाँ तथा नेटवर्थ कम्तीमा चुक्ता पूँजीको पचहत्तर प्रतिशत हुनुपर्ने व्यवस्था छ  । 

धितोपत्र बोर्डले आवश्यक प्रक्रिया पुरा गरेर आएपछि यी कम्पनीलाई लाईसेन्स दिने जनाएको छ। यी दुई कम्पनीले लाईसेन्स पाएपछि नेपालमा क्रेडिट रेटिङ सेवा प्रदान गर्ने कम्पनीको संख्या ४ पुग्ने छ । नेपालमा रेटिङ कम्पनीले आईपिओ, एफपिओ, हकप्रद, ऋण लगायतको रेटिङ गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved