तपाईलाई सानिमा जनरल इन्स्योरेन्सको आईपिओ पर्यो कि परेन ? हेर्नुस् नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 01:15:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्स Sanima General Insurance Company  ले निष्काशन गरेको आईपिओमा बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले शुक्रबार बिहान क्यापिटल कै कार्यालयमा फेसबुक लाइभ मार्फत आईपिओ बाँडफाँड गरेको हो ।

आईपिओमा ८ लाख ६६ हजार ९ सय ५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका ८ लाख ६३ हजार ५ सय ४५ योग्य आवेदक मध्ये गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले समान १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये ५ लाख ९३ हजार आवेदक हात खाली भएका छन् । आईपिओमा ६.८१ गुणा बढी आवेदन परेको थियो । 

कम्पनीले असोज २१ गतेदेखि प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो ।  बाँकि रहेको २७ लाख ३० हजारको कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । 

आईपिओको नतिजा बिजपाटी डटकममा  प्रकाशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULT भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा Sanima General Insurance छनौट गरी आफ्नो डिम्याट नम्बर राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए आफुलाई परेको शेयर कित्ता देखाउने छ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved