माछापुच्छ्रे बैंकको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 08:25:49 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited को साधारणसभा स्थगित भएको छ । बैंकको गत शुक्रबार वसेको संचालक समितिको बैठकले कार्तिक ६ गतेको लागि पोखरामा रहेको होटेल पोखरा ग्राण्डमा आह्वान गरिएको साधारणसभा र निर्वाचन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

बैंकले कोरोनाको संक्रमण बढ्दै गएको र दशैँको कारणले साधारणसभामा  उपस्थित हुन कठिन हुने भएको भन्दै सभा स्थगीत गरेको हो । बैंकले अर्को सूचना मार्फत साधारणसभाको नयाँ मिति सार्वजनिक गरिने जनाएको छ  । 

बैंकको सभामा लाभांश  सहितका विभिन्न प्रस्ताव पेश गर्ने तयारी गरेको थियो । बैंकले गत आर्थिक बर्षको कमाईबाट ७.०३ प्रतिशत बोनस तथा कर प्रयोजन सहित ३.३७ प्रतिशत नगद सहित्कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले कुल ८७ करोड ९६ लाख बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपश्चात लाभांश सेयरधनीहरुमा वितरण हुनेछ।  बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ९ अर्ब ५ करोड ३० लाख नाघ्नेछ। 

त्यस्तै बैंकले सभामा वार्षिक वित्तीय विवरण पारित गर्ने, नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तय गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक प्रतिनिधित्व गर्ने ३ जनाको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश गर्ने कार्यसूची तय गरेको थियो  ।

बैंकले १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved