सिभिल लघुवित्तको लिलामीको शेयरमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 08:46:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha Limited ले लिलाममा ल्याएको शेयरमा आवेदन दिने आज कार्तिक २ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि हकप्रदमा अवितरित ८९ हजार ४ सय ५० कित्ता शेयर लिलामको लागि बिक्रि खुला गरेको हो । जस मध्ये ११ हजार ६ सय ८ कित्ता संस्थापक समुहको रहेको छ भने बाँकि ७७ हजार ८ सय ४२ कित्ता सर्वसाधारण समुहको रहेको छ  ।  

शेयर लिलाम प्रक्रियाको लागि सेन्चुरी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  इच्छुक लगानीकर्ताले सेन्चुरी क्यापिटलको कार्यालय कमलादी र सेन्चुरी कमर्शियल  बैंकका बिराटनगर, बिरगंज, बुटवल, पोखरा, नेपालगंज, विरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौडा, नारायणघाट, घोराही , बाग्लुङ र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ  । संस्थापक शेयरको हकमा न्युनतम १ हजार कित्ताको लागि सर्बसाधारण शेयरको हकमा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ  । 

कम्पनीले साउन २५ गतेदेखि  १:१ को अनुपातमा  शतप्रतिशतले हुन आउने ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एघार करोड एकचालिस लाख चौध हजार रहेको छ । यस हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी बाइस करोड बयासि लाख अठ्ठाइस हजार पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved