मेगा बैंकको लिलामीको शेयरको कटअफ मूल्य तय, कहिले हुन्छ पैसा फिर्ता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 12:13:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited  ले लिलामीमा ल्याएको शेयरको प्रारम्भिक कटअफ मूल्य तय भएको छ । बिक्रि प्रबन्धक मेगा क्यापिटल Mega Capital Markets  का अनुसार संस्थापक समुहतर्फको प्रारम्भिक कट अफ मूल्य १०८.११ र सर्वसाधारणतर्फको शेयरको प्रारम्भिक कटअफ मूल्य २१६ कायम भएको छ ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाका अनुसार छिटोमा आज साँझसम्म वा ढिलोमा भोलि बिहान 'फर्स्ट आवर' सम्ममा अन्तिम कट अफ मूल्य आउने छ । उनका अनुसार प्रारम्भिक कटअफ मूल्य र अन्तिम कटअफ मूल्य धेरै फरक नपर्ने भए पनि केहि आवेदनको हकमा बैंकहरुबाट 'कन्फरमेशन' आउँन बाँकि रहेकोले सो आएपछि अन्तिम कट अफ मूल्य प्रकाशित हुने छ ।

सीइओ झाले आज साँझबाट नै संस्थापक समुहतर्फको शेयर नपरेका आवेदकको पैसा फिर्ता गर्न थालिने जानकारी दिए । उनले दशैँ अगाडी नै अर्थात बिहिबारसम्ममा नै संस्थापक र सर्बसाधारण दुवैतर्फका शेयर नपरेका सबै आवेदकको पैसाफिर्ता गरिसक्ने बिजपाटीलाई जानकारी दिए ।

क्यापिटलका अनुसार संस्थापक  समुहतर्फ ११९ जना र सर्वसाधारण समुहतर्फ ५ हजार १ सय ५१ जनाले आवेदन दिएका थिए । बैंकले असोज ११ देखि १८ गते सम्म हकप्रदमा अवितरित १८ लाख ४० हजार ७  सय ३९ दशमलव ६३ कित्ता शेयर लिलाममा ल्याएको थियो । बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ति शेयर लिलाम गरेको हो । बैंकले लिलाम गरेको शेयर मध्ये ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता संस्थापक समुहको छ भने बाँकि ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता साधारण शेयर थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved