एनआईसी एशिया बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 05:37:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले लाभांश घोषणा गरेको छ । बैंकको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७६/७७ बाट वितरण  गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले  १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १९ प्रतिशतले हुन आउने १ अर्ब ८४ करोड ६३ लाख बराबरको बोनस शेयर र १ प्रतिशतले हुन आउने ९ करोड ७२ लाख बराबरको नगद लाभांश गरी कुल १ अर्ब ९४ करोड ३५ लाख लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभा स्वीकृत गरेपछि शेयरधनीमा वितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved