सेन्चुरी बैंक र मन्जुश्री फाइनान्सले मागे ऋणपत्र निष्काशन अनुमति, ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 06:15:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited  र मन्जुश्री फाइनान्स Manjushree Finance  ले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा अवेदन दिएका छन् । दुवै कम्पनीले असोज तेस्रो सातामा  बोर्डमा आवेदन दिएका हुन् 

फाइनान्सले १ हजार अंकित दरका ५ लाख  कित्ता बराबरको ५० करोड रकमको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो । जस मध्ये २० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने ३० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । ८ वर्षे अवधिको यस ऋणपत्रमा फाइनान्सले ९.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । ऋणपत्र निष्काशनको लागि फाइनान्सले एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ 

त्यस्तै प्राइम कमर्शियल बैंकले १ हजार अंकित दरका २२ लाख  कित्ता बराबरको १ अर्ब २० करोड  रकमको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो । जस मध्ये ८८ करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने १ अर्ब ३२ करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । १०  वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । ऋणपत्र निष्काशनको लागि फाइनान्सले ग्लोबल आईएमई  क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ 

धितोपत्र बोर्डले अनुमति दिएपछि यी कम्पनीले ऋणपत्र निष्काशन गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved