सकिँदै केवाईसिको झन्झट, धितोपत्र बोर्डद्वारा केन्द्रीकृत निर्देशिका लागु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 05:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका,२०७७ स्वीकृत गरेको छ । लगानीकर्ताहरुलाई धितोपत्र बजार मार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसंग सम्वन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउनको लागि निर्देशिका जारी गरिएको बोर्डले जनाएको छ ।

यसबाट लगानीकर्ताहरुले घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिनिधिकोमा आफै व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्ने बोर्डले जनाएको छ । बोर्डका अनुसार त्यस्तो प्रणाली भित्र रहेको केवाईसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने गरी व्यवस्था गरिने छ ।

बोर्डले यो निर्देशिका कार्यन्वयन गर्नको लागि आज नै सिडिएस एण्ड क्लियरिङ्ग पठाइएको जनाईएको छ । निर्देशिकामा ग्राहकको विद्युतीय केवाईसी दर्ता प्रतिनिधि सम्वन्धी व्यवस्था, विद्युतीय केवाईसी प्रणालीको विकास सम्वन्धी व्यवस्था, ग्राहकले धितोपत्र कारोवार वा सो सम्वन्धी सेवा लिन विद्युतीय केवाईसी दर्ता गर्नु पर्ने सम्वन्धी व्यवस्था, केवाईसी विवरण प्रयोग सम्वन्धी व्यवस्था, केवाईसी विवरणलाई परिष्कृत गरी लागु गरिने सम्वन्धी व्यवस्था, ग्राहकको केवाईसी विवरणको गोपनियता तथा सुरक्षा सम्वन्धी व्यवस्था, केवाईसी विवरणको दुरुपयोग गरेमा कानुनी कारवाही सम्वन्धी व्यवस्था रहेको बोर्डले जनाएको छ।

केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका कार्यान्वयनमा आए पश्चात धितोपत्र वजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नु पर्ने झण्झटिलो व्यवस्थामा सुधार आई लगानीकर्तालाई धितोपत्र कारोवार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र वजार प्रविधिमैत्री हँुदै गई बजार विकासमा समेत थप टेवा पुग्ने बोर्डको अपेक्षा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved