पटक पटक लाभांश फेरबदल गरेको गुराँस लाइफलाई नेप्सेले सोध्यो स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 08:34:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company  लाई स्पष्टीकरण सोधेको छ । पटक पटक लाभांश दर फेरबदल गरेको भन्दै नेप्सेले कम्पनीलाई ३ दिने स्पष्टिकरण सोधेको हो । 

कम्पनीले सुरुमा १३.१०१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकोमा पछि त्यसलाई परिमार्जन गरी १०.५० प्रतिशत बोनस दिने र कर प्रयोजनको लागि ५१ लाख ८६ हजार ५ सय ५८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । तर कम्पनीले साधारणसभा आह्वान गर्दा  ५.२५  प्रतिशत बोनस दिने र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

कम्पनीको १:१ अनुपातको हकप्रद नेप्सेमा सूचीकरण भई चुक्ता पुँजी १ अर्ब ८७ करोड कायम भएकोले सोहि अनुसार दर समायोजन हुने गरी यस अघि घोषणा भए भन्दा आधा मात्र बोनस वितरण गर्ने कम्पनीले उल्लेख गरेको थियो । पटक पटक लाबहंश दर फेरबदल गरेपछि के कारण यसो भएको हो भन्दै नेप्सेले प्रष्टीकरण सोधेको हो । कम्पनीले मङ्सिर ४ गते तिनकुने स्थित आफ्नै प्रधान कार्यालयमा साधारणसभा आह्वान गरेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved