युनाइटेड इदी मर्दीको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 08:22:43 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरले स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज कार्तिक ६ गते अन्तिम दिन रहेको छ  । कम्पनीले असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि ४ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित स्थानिय वासिन्दालाई साधारण सेयर विक्री खुला गरेको हो । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । 

 कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारण र स्थानीयलाई गरी १० लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो  । कम्पनीले स्थानियलाई ४ लाख २० हजार कित्ता आइपिओ वितरण गरेपछि सर्वसाधारणलाई ६ लाख ३० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको अवस्था कमजोर देखाऊछ ।  कम्पनीले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved