तिनाउ मिसन डेभलपमेन्ट बैंकले बोलायो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 12:27:05 PM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ मिसन डेभलपमेन्ट बैंक @Tin ले विशेष साधारणसभा डाकेको छ। बैंकले मङ्सिर ७ गते दिउँसो १ बजे भर्चुअल माध्यमबाट  सभा आह्वान गरेको हो 

बैंकले प्रबन्धपत्रमा प्रस्ताव गरे बमोजिम आवश्यक संशोधन गर्नको लागि सभा आह्वान गरेको हो। सभाले प्रबन्धपत्र वा नियमावलीमा आवश्यक संशोधन गर्नको लागि आवश्यक कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने छ ।

तिनाउ मिसन डेभलपमेन्ट बैंक तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्ज भई र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी बनेको संस्था हो । मर्जपछि बनेको संस्थाको संस्थापक र सर्वसाधारण शेयर स्वामित्व हाल ६३.५६ र ३६.४४ रहेकोमा विशेष साधारणसभामा उक्त स्वामित्व अनुपात  ५३.३३ र ४६.६७ बनाउने प्रस्ताव पेश हुनलागेको हो । 

बोनस शेयर वितरण पश्चात शेयर स्वामित्व परिवर्तन भएकोले राष्ट्र बैंकको स्वीकृतिमा संरचना परिवर्तन गर्न लागिएको हो । बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । करिक २५ गतेसम्म कायम भएका शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved