कुमारी बैंकको लाभांश परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 10:15:29 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited को लाभांश परिमार्जन भएको छ । बैंकले यस अघि घोषणा गरेको लाभांशमा कुल लाभांश परिवर्तन नगरी बोनस र नगद लाभांशको दर मात्र परिमार्जन गरेको हो ।

यस संगै बैंकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने छ  । यस अघि बैंकले १० प्रतिशत बोनस शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार बोनस र नगद लाभांशको दर मात्र परिमार्जन गरी कुल लाभांशलाई भने कायम नै राखेको हो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved