५० प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 06:18:33 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंक Kumari Bank Limited  को खुद नाफा ४९.८९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४०.१९ करोड खुद नाफा कमाएको बैंकले यस आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड २५ लाख नाफा कमाएको हो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा २५ करोड ९१ लाख रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ४३.२६ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी ९१ करोड ५४ लाखबाट बढेर १ अर्ब ३१ करोड पुगेको हो । त्यस्तै बैंकको निक्षेप ०.४१ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब पुगेको छ भने कर्जा प्रवाह ०.३५ प्रतिशतले बढेर १ खर्ब १० अर्ब पुगेको छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रहेको छ भने रिजर्भमा ३ अर्ब ५९ करोड रहेको छ । बैंकको खराब कर्जा १.०५ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ । 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १९.२५ रुपैयाँ, प्रति शेयर नेट वर्थ १४२.०५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.५८ गुणा, बेस रेट ८.४० प्रतिशत, कोषको लागत ६.२८ प्रतिशत, र पुँजी पर्याप्तता अनुपात १४.९३ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved