फरवार्ड माइक्रोफाइनान्सको ३ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 08:56:45 AM मा प्रकाशित

laxmi  sunrise bank

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख कित्ता बढी संस्थापक शेयर मङ्सिर ४ देखि लिलाममा आउने भएको छ। आरएमडिसी लघुवित्तले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाईनान्सको ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ९५३.३६ रुपैयाँ कायम गरेको छ । इच्छुक आवेदकले सो भन्दा बढी मूल्य कबुल गरी लिलामको शेयरमा आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १००० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ ।

यस लिलामीको शेयरमा पहिलो प्राथमिकता हाल रहेका संस्थापक शेयरधनीलाई दिईने र त्यसपछि मात्र अन्य व्यक्ति, संस्थालाई शेयर दिईने कम्पनीले जनाएको छ । शेयर लिलामको लागि एनआईबिएल एस बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा पुस ८ गतेसम्म आवेदन दिन सकिने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved