माउन्टेन इनर्जीको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2020 | 09:48:35 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो 

कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ  । तर शेयर गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन। शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।  

 

यो पनि : माउन्टेन इनर्जी आईपिओ रिभ्यु: हाईप्रोफाइल संचालक, २५ प्रतिशतसम्म लाभांश

  कम्पनीको हाल दुई वटा आयोजना संचालनमा छ । कम्पनीको नुवाकोट जिल्लाको सुन्दरादेवी गा.वि.समा ५ मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत आयोजना छ भने म्याग्दी जिल्लाको नारच्याङ्ग गा.वि.समा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजना छ । मिस्ट्री खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत प्रति मेगावाट १३ करोड ४३ लाख ४८ हजार र तादी खोला (थप्रेक) जलविद्युत आयोजनाको लागत प्रति मेगावाट १८ करोड ४९ लाख १६ हजार रहेको छ । दुवै जलविद्युत आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ५६ करोड ७२ लाख १३ हजार रहेको छ  ।

५ मेगावाटको तादी खोला आयोजनाले २०६९ चैत्र १४ गते देखि नै ब्यबसायीक उत्पादन थाली सकेको छ । मिस्ट्री खोला जलविद्युत आयोजनाको निर्माण ९६.१८ प्रतिशत सकिएको छ  ।

कम्पनीले आईपिओबाट उठेको सम्पूर्ण रकम मिस्ट्री खोला जलविद्युत आयोजनाको निमार्ण तथा कर्जा चुक्ता गर्न प्रयोग गरिने उल्लेख गरेको छ । कम्पनीले लगानीकर्तालाई २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सकिने उल्लेख गरेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved