१५० प्रतिशतले बढ्यो सिटिजन लाइफको जीवन बीमा कोष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2020 | 05:40:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७७/७८ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १५०% ले वृद्धि गरेको छ ।

गत आ. व. को आश्विन मसान्तमा कम्पनीको जीवन बीमा कोष  ८० करोड ३८ लाख रहेकोमा आश्विन मसान्तमा सो रकम २ अर्व ८२ लाख पुगेको छ । यसका साथै कम्पनीले गत आ. व. को आश्विन मसान्तसम्ममा कुल बीमाशुल्क ३३ करोड ९४ लाख संकलन गरेकोमा यस आ. व. को सोही अवधिमा ६२ करोड ८ लाख संकलन गर्न सफल भएको छ । कम्पनीले बीमा शुल्क आर्जन ८३% प्रतिशतले बढेको देखिन्छ ।

समीक्षा अवधिमा जीवन बीमा कोषमा १५० प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४१ करोड ५१ लाखबाट ४२ प्रतिशतले बढाएर ५९ करोड १० लाख पुर्याएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४७ प्रतिशतको वृद्धी गरी १० करोड ९६ लाख पु¥याएको छ । 

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ४ अर्व ५१ करोड मध्ये करिब ८८.३१% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गरेको छ ।

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved