सामलिङ्ग पावरको साधारणसभा आह्वान, आईपिओ प्रस्ताव अनुमोदन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 08:34:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ्ग पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २५ गते बिहिबार जुमको माध्यमबाट भर्चुअल्ली सभा गर्न लागेको हो ।

सभामा कम्पनीको आईपिओ निष्काशन सम्बन्धि कार्यहरु अनुमोदन गर्ने, संचालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 


कम्पनीले एकसय रुपैयाँ दरका १२ करोड ३० लाख बराबरको शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरीसकेकोे छ। 

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना २०२० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोे छ । यस आयोजनाबाट वार्षिक उत्पादन हुने ५३.२८ गिगावाट उर्जा ईलाम जिल्लाको गोदक स्थित नेपाल विद्युत प्राधिकरणको ३३÷१३२ के.भी गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

कम्पनी स्थापनाको चार वर्षभित्र उर्जा डेभलपर्सले सम्बद्घ कम्पनीहरु मार्फत ४९ मे.वा को अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माणाधिन अवस्थामा रहेको तथा अन्य ६ आयोजनाहरु निर्माण विकासको विभित्र चरणमा रहेका छन् । आयोजनाको वित्तिय व्यवस्थापन नेपाल एसबिआई बैँकको अगुवाईमा सिद्धार्थ बैँक लिमिटेडको  सहभागीतामा सम्पन्न भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved