शेयरबजारमा चलखेलको आशंकामा नियामक खोज्दै शेयर लगानीकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 01:20:46 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ताहरुले शेयर बजारमा चलखेल भएको आशंका गर्दै नियामकको खोजि गर्न थालेका छन्। विभिन्न कम्पनीहरुले लगानीकर्तालाई झुक्याउने कार्य गर्दा पनि नियामकले केहि नगरेको भन्दै लगानीकर्ताले नियामकको खोजो थालेका हुन् 

केहि कम्पनीहरुले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दा यथार्थ जानकारी नदिएको, केहि कम्पनीहरुले वर्षौसम्म वित्तीय विवरण निष्काशन नगरेको, केहि कम्पनीको शेयर मूल्यमा शंकास्पद तरिकाले लगातार सर्किट लागेको, केहि कम्पनीको शेयर मूल्यमा अश्वभाविक उतार चढाव आउँदा समेत नियामकले वास्ता नगरेको लगानीकर्ताको आरोप छ। नियामकले लगानीकर्ताको हक हित संरक्षणमा कुनै भूमिका नखेलेको र कम्पनीहरुलाई आफु खुसि नियम बिपरित कार्य गर्न दिएको लगानीकर्ताको आरोप छ 

शेयर बजारको मुख्य नियामक भनेको नेपाल धितोपत्र बोर्ड हो । तर यति बेला बोर्ड नेतृत्वबिहिन छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना गत मंगलबार (मङ्सिर २ गते) एक महिनाभन्दा लामो विदा लिएर अमेरिका गएका छन् । बोर्ड स्रोतका अनुसार उनी पारिवारिक विवाहमा सरिक हुनको लागि व्यक्तिगत खर्चमा अमेरिका गएका हुन् । उनी आगामी पुस ७ गते मात्र फर्कने बताईएको छ। 

अध्यक्ष ढुंगानाको अनुपस्थितिमा नियमित काम कारवाही गर्ने जिम्मेवारी कार्यकारी निर्देशक निरज गिरिले पाएका छन् । यद्यपि उनले नीतिगत निर्णय भने गर्न पाउने छैनन् 

बोर्डका प्रबक्ता समेत रहेका गिरि बजारको गतिविधिबार जानकार रहेको सुपरिवेक्षण विभागले अध्ययन गरिरहेको बताउछन्। उनका अनुसार हिमालयन डिस्टिलरी र विशाल बजार कम्पनीमाथि बोर्डले अध्ययन गरिरहेको छ । त्यस्तै अहिलेसम्म वित्तीय विवरण प्रकाशित नगरेको हिमाल दोलखा हाइड्रोलाई पनि बोर्डले स्पष्टिकरण सोधेको उनले बताए । वित्तीय विवरण प्रकाशित नगर्ने कम्पनीको कारोबार नै रोक्का गर्न सक्ने ब्यबस्था रहेपनि कारोबार रोक्का गर्दा लगानीकर्ता मारमा पर्ने तर संचालकलाई केहि फरक नपर्न  भएकोले त्यस्तै कम्पनीलाई सचेत गराउने र आर्थिक जरिवाना  गरिने उनी बताउछन् 

त्यस्तै इन्साइड ट्रेडिङ भएको र कम्पनीहरुले बदमासी गरेको सम्बन्धमा समेत अध्ययन भईरहेकोले गल्ति गरेको भेटिए कारवाही हुने प्रवक्ता गिरिले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved