रिडी हाइड्रोले बोनस शेयर वितरण गर्ने, साधारणसभा आह्वान

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Nov 20, 2020 | 08:10:26 AM मा प्रकाशित

रिडी हाइड्रोपावर Ridi Hydropower Development Company  ले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले मङ्सिर २६ गते शुक्रबार थापाथली स्थिति आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश प्रस्ताव सहित संचालक समितिको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै विशेष प्रस्तावमा अधिकृत पुँजीलाई १ अर्ब १० करोडबाट बढाएर १ अर्ब १५ करोड पुर्याउने प्रस्ताव पेश हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयाधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved