युनाइटेड इदी मर्दीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 08:12:30 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ  । कम्पनीले मङ्सिर ३ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणको लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ४३ हजार ६ सय ९६ कित्ता सामुहिक लगानी कोषहरुलाई र १७ हजार ४ सय ७८ कर्मचारीलाई छुट्याईएको छ । बाँकि रहेको ८ लाख १२ हजार ७ सय ३६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल  बिक्रि प्रबन्धक रहेको छ  । 

कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीयको लागि ४ लाख २० हजार कित्ता आईपिओ निष्काशन गरेकोमा १ लाख ७६ हजार ९० कित्ताको लागि मात्र आवेदन परेको थियो। स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको शेयर समेत जोडेर सर्बसाधारणलाई निष्काशन भएको हो  । कम्पनीका कम्पनी सचिव निरज पौड्यालका अनुसार आयोजना प्रभावित क्षेत्रमा धेरै घरधुरी नरहेकोले कम आवेदन परेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ । कम्पनीले कास्कीमा ७ मेगावाट अपर मर्दीखोला हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरेको छ ।  उक्त आयोजनाले १ वर्षदेखि बिजुली उत्पादन गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved