कुमारी बैंकको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 08:21:06 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर २९ गते सोमबार बैंक कै रजिस्टर्ड कार्यालय टंगालमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट  चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

सभामा संचालक समितिको प्रतिवेदन पेश गरि पारित गर्ने, अन्य वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पारित गर्ने, प्रबन्धपत्रमा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने, मर्जर तथा प्राप्ति समबन्धि कार्य गर्ने अख्तियारी संचालक समितिलिई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved