३ कम्पनीको ३ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 08:47:14 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले आफ्नो स्वमित्वमा रहेको विभिन्न ३ कम्पनीको संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले नागरिक लगानी कोष, सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम गर्न लागेको हो ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफको १ लाख ९३ हजार १ सय ९४, र एशियन लाइफको १ लाख ४० हजार ८ सय कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।

नागरिक लगानी कोषको शेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्ने छन् भने सूर्या लाइफ र एशियन लाइफको शेयरमा अन्य योग्य लगानीकर्ताले पनि आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले न्युनतम प्रति कित्ता १०० रुपैयाँ मूल्य राखी आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबोल गर्नेले शेयर पाउने छन् ।

शेयर लिलाम प्रक्रियाको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा आज मङ्सिर ७ देखि मङ्सिर १० गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved