२० प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, शेयरमा ११ अर्ब लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 09:52:01 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नागरिक लगानी कोषको खुद नाफा २०.६३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड १० लाख खुद नाफा कमाएको कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ५९ लाख खुद नाफा कमाएको हो ।

एक अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कोषको जगेडा कोषमा ८ अर्ब २८ करोड रुपैयाँ रहेको छ। कोषले हकप्रद बिक्री गर्ने तयारी गरेको छ । हकप्रद बिक्रि पछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ ।

कोषले संगठित संस्थाहरुको धितोपत्रमा ११ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ भने सरकारी ऋणपत्रमा एक अर्ब बढी लगानी गरेको छ । त्यस्तै कोषले ९१ अर्ब बढी रकम मुद्धति निक्षेपमा लगानी गरी ९७ करोड बढी रकम बैंक मौज्दातमा राखेको जनाएको छ ।

यस अवधिमा कोषको प्रति शेयर आम्दानी ३३ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कोषको प्रति शेयर आम्दानी ३८ रुपैयाँ रहेकोमा यस वर्षको पहिलो त्रैमासमा घटेको हो  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved