इदी मर्दीको आईपिओमा १२ गुणा बढीको आवेदन, साढे ४ लाख बढीले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 05:09:46 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा अन्तिम  दिनसम्ममा १२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज आइतबार बेलुका ४:३० बजे सम्ममा ५ लाख ५७ हजार २ सय ८९ आवेदकबाट १ करोड ६९ हजार कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । यो माग भन्दा १२.३८ गुणा बढी हो । 

कम्पनीले मङ्सिर ३ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणको लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ४३ हजार ६ सय ९६ कित्ता सामुहिक लगानी कोषहरुलाई र १७ हजार ४ सय ७८ कर्मचारीलाई छुट्याईएको थियो । बाँकि रहेको ८ लाख १२ हजार ७ सय ३६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । 

कम्पनीको आईपिओ गोलाप्रथाबाट ८१ हजार २ सय ७३ जनाले मात्र पाउने भएकोले ४ लाख ७६ हजार बढी आवेदक हात खाली हुने छन् । यद्यपि आवेदकको संख्याको अन्तिम डाटा नआइसकेकोले यो संख्या केहि तलमाथि हुन सक्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ । कम्पनीले कास्कीमा ७ मेगावाट अपर मर्दीखोला हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरेको छ ।  उक्त आयोजनाले १ वर्षदेखि बिजुली उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved