समृद्धि फाइनान्स Samriddhi Finance Company ले हकप्रदमा अवितरित १८ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले सर्बसाधारण समुहको ४ लाख ६६ हजार ८९ कित्ता र संस्थापक समुहको १३ लाख ८५ हजार २ सय ६८ कित्ता गरि कुल १८ लाख ५१ हजार ३ सय ५७ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
कम्पनीले यी शेयर मङ्सिर १० गतेदेखि १७ गतेसम्म लिलाम गर्ने जनाएको छ । शेयर लिलाम प्रक्रियाको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले असोज १६ गतेदेखि कार्तिक ६ गतेसम्म १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो । वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख रहेकोमा हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ५४ करोड ५९ लाख पुग्ने छ ।